पाँचथर– ४ हजार ३ सय ३५ मीटर उचाईमा रहेको तिम्बुपोखरी क्षेत्रमा पहिलो पल्ट तिम्बुङ ट्रेल रन आयोजना भयो । यो क्षेत्रका चौरीपालक, नजिकका गाँउका बासिन्दालाई पनि नौलो लाग्यो ।
हिमाली क्षेत्रमा भएको यो प्रतियोगिता साहासिक हो । साहासिक रुपमा दौडिन चौरी पालक, स्थानिय र विभिन्न क्षेत्रबाट धावन तिम्बुङ पोखरी पुगे । तिम्बुङ क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता भएकाले आयोजकले विभिन्न ठाँउबाट पर्यटनकर्मी, सञ्चारकर्मी, सरकारी निकायका प्रतिनिधि तिम्बुङ क्षेत्र पु¥याएको थियो । प्रतियोगिताको दिन तिम्बुङ दर्शनगर्नेको संख्यापनि उलेख्य थियो ।
३० जना धावकले तिम्बुङबाट दौडीए । ७ दशमलव ८ किलोमीटर तलसम्म दौडीदा पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राईले प्रथम स्थान हासिल गरे । उनले ३३ मीनेट २१ सेकेण्डमा यो दुरी पार गरे । उनलाई पछ्याएका छिमेकी भारतको सिक्किमका पिङ्सो नाम्ग्याल भुटियाले ३६ मिनेट ७ सकेण्डमा द्धितिय स्थान हासिल गरे । थोरैलेमात्र सकेण्डलेमात्र भरत बानिँयाले तेश्रो स्थान हासिल गरे । ३७ सकेण्डमा यो दुरी पार गरेका थिए ।
क्रमशः अर्जुन बेघा, दिपक बानिँया, विमल राई, हरि भण्डारी, लाल बहादुर अधिकारी, युनिस लिम्बु र दिपक राईले दशौँ स्थानसम्म हासिल गरे । पुरुषहरुसँगै दौडीएर महिलाहरु मध्ये छिटो यो दुरी पार गरेकी पाँचथरको फाल्गुनन्दकी निक्कि नेम्बाङलाई आयोजकले १० हजार रुपैँया सहित पुरस्कृत गर्यो ।
प्रथम, द्धितिय र तृतियले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैँया नगद सहित ट्रफि प्राप्त गरे । तिम्बुङ पोखरी क्षेत्रको प्रवद्र्धनका लागि पहिलो पल्ट टे«ल रनको आयोजना गरिएको पोखरी संरक्षण समितिका अध्यक्ष याम बहादुर बानियाँले जानकारी दिए । पूर्वको चर्चित पर्यटकिय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा पर्यटकलाई बोलाउन निम्ति यो दौड राखिएको थियो ।
पछिल्ला बर्षहरुमा यहाँ आउने आन्तरीक पर्यटकको संख्यामा बढोत्तरी भएको पर्यटन व्यवसायि अमिर राईले जानकारी दिए ।