पाँचथर । होटल ब्यवसायी संघ पाँचथरलाई पुनःगठन गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच नयाँ कार्यसमिती गठन गरिएको छ । दीपेन्द्र तुम्बापोको अध्यक्षतामा नयाँ कार्य समिती गठन गरिएको हो ।
नवगठित समितीको उपाध्यक्षमा डिल्ली माँया ओझा,सचिवमा भीम कार्की,सहसचिव विकेन्द्र वाईवा तामाङ,कोषाध्यक्षमा महेन्द्र योङया र सदस्यहरुमा कालिका बास्कोटा,विश्व तुम्बापो,बरुण तुम्बापो,कमला खनाल,केशव खनाल, मणिकुमार राई रहनुभएको छ ।
पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष नवराज घिमिरे,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिपक नेपाल,होटल ब्यवसायी महासंघका उपाध्यक्ष रविन गौतम लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।