काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभाग प्रभावित भएका छन् । हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ ।
निरन्तरको वर्षाले धेरै घर र सडक डुबानमा परेका छन् भने जनजीवनका दैनिक गतिविधिहरू ठप्प भएका छन् । खानेपानीको निकासीदेखि विद्युत् सेवा र सामान्य जनजीवनमा ठूलो अवरोध आएको छ ।
यस्तो अवस्थामा विभिन्न सरकारी निकायले उपलब्ध गराउने नम्बर उपयोगी हुन सक्छ, जहाँ कल गरेर तपाईंले विभिन्न सूचना लिन सक्नुहुन्छ ।
उपयोगी नम्बरहरू
नेपाल प्रहरी: १००
ट्राफिक प्रहरी:१०३
सशस्त्र प्रहरी बल : १११४
प्रहरी आपतकालीन नम्बर: ०१-४२२८४३५
प्रहरी हटलाइन: ९८५१२८३८३५
एम्बुलेन्स: १०२
महानगरीय परिसर, काठमाडौं: ४२६१९४५ /४२६१७९०
महानगरीय परिसर, ललितपुर: ५५२१२०७
महानगरीय परिसर, भक्तपुर: ६६१४८२१
काठमाडौं महानगरपालिकाको हटलाइन: १६६००१०५५११, ११८०
काठमाडौं महानगर प्रहरी बलको हटलाइन: ९८५१३५६५०९
बाढीको अवस्थाबारे जानकारी लिन: ११५५
विपद् सम्बन्धी सूचना र जानकारी लिन: ११४९
नेपाल रेडक्रस ब्लड बैंक, भृकुटीमण्डप: ०१४२२९३४४ / ०१४४२५३४४
यसबाहेक टेलिकम कम्पनीहरूले एसएमएसमार्फत बाढी तथा पहिरोको जानकारी दिने गर्छन् । त्यस्तै विभिन्न स्थानीय तहले समेत त्यस्ता सम्पर्क नम्बर बनाएका हुन्छन् । तिनबारे तपाईंले आफ्नो पालिकामा सोध्न सक्नुहुन्छ ।
यसका साथै सरकारी वेबसाइटहरू हाइड्रोलोजी र विपद पोर्टल पनि उपयोगी हुन्छन् । जहाँ तपाईंले वर्षा, बाढी, पहिलो लगायतका विपदबारे थाहा पाउन सक्नुहुन्छ ।