पाँचथर । बाढिपहिरोको कारण अबरुद्ध मेचि राजमार्गको राँके फिदिम खण्ड आइतबार साँझ सम्म खुलाउने तयारी थालीएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि हेमन्त भण्डारीले आज साँझ सम्म राँके फिदिम खण्ड सञ्चालनमा आउने जानकारी केन्जोखबरलाई दिए ।
फिदिम राँके खण्डमा झरेको पहिरो आइतबार बिहानबाटै सडक विभाग र सुरक्षा निकायको समन्वयमा पछाउन थालिएको भण्डारीले जानकारी दिए ।
हेवा खोलाले बेलीब्रिज बगाए पछि ताप्लेजुङ तर्फ खुल्न केहि दिन लाग्ने बताइएको छ । हेवा खोलामा फड्के निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
फिदिम सम्म मेची राजमार्ग खुलाउने तयारी
फिदिम सम्म मेची राजमार्ग खुलाउने तयारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस