पाँचथर । बाढिपहिरोको कारण अबरुद्ध मेचि राजमार्गको राँके फिदिम खण्ड सोमबार साँझ सम्म खुलाउने कार्य तिब्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । आइतबार राँकेबाट फिदिम- २ रमिति सम्म पहिरो पन्छाइसकेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर बिपिन ढुङगानाले जानकारी दिए ।
फिदिम -२ रमितेमा पहिरोले सडकनै चुडाएको कारण नयाँ ट्याक खोल्नु पर्ने भएकाले केहि समय लाग्ने ढुङगानाले जानकारी दिए । ट्याक खोल्नको लागी जेसिबी र स्काभेटरहरु खटाइ सकेको ढुङगानाले जानकारी दिए ।
फिदिम राँके खण्डमा झरेको पहिरो आइतबार बिहानबाटै सडक विभाग र सुरक्षा निकायको समन्वयमा पछाउ थालिइको हो ।
हेवा खोलाले बेलीब्रिज बगाए पछि ताप्लेजुङ तर्फ खुल्न केहि दिन लाग्ने बताइएको छ । हेवा खोलामा फड्के निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।