पाँचथर । फाल्गुनन्द गाँउपालिका ६ र ७ संगमस्थल वासांगुमा सम्पन्न द्वितिया मेला भलिबल प्रतियोगिताको उपाधि तेह्रथुमको फेदाप गाँउपालिकाले जितेको छ ।
वासांगुको त्रिबेणी चोकमा सम्पन्न फाइनल खेलमा भोजपुरको आमचोक गाँउपालिकालाई २४-२६, १९-२५, २५-२१, २५-२२ र १८-१६ को सेटमा पराजित गर्दै फेदापले उपाधि जितेको हो । उपाधि जितेको फेदापले १ लाख २५ हजार १ सय २५ रुपैँया नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेतामा सिमिति बनेको आमचोकले ७५ हजार एक सय ७५ रुपैँया प्रप्त गर्यो ।
फेदापका कुमार बस्नेत प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्लकर आमचोकका सन्दिप बिष्ट, उत्कृष्ट सरभर ताप्लेजुङको सिदिङ्वाका मिलन लिम्बू, उत्कृष्ट सेटर फेदापका मनोज घिमिरे र उत्कष्ट स्पाईकर आमचोकका राजकुमार तामाङ घोषित भए । उनीहरुले जनही २ हजार ५ सयका दरले पुरस्कार प्राप्त गरे ।