पाँचथर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा पाँचथरको अध्यक्षमा क्षोमाया तामाङ चयन भएकी छिन् ।हिजो (शुक्रबार) जिल्ला सदरमुकाम फिदिममा भएको आठौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएकी हुन् ।
त्यस्तै, उपाध्यक्षमा कमल कुमारी योङहाङ, सचिवमा सहमान विश्वकर्मा, सहसचिवमा प्रदिप भण्डारी चयन भएको उक्त शाखाले जनाएको छ ।त्यसैगरी कोषाध्यक्षमा भाष्कर रिजाल, सदस्यहरुमा कुशल गुरुङ,सहरसिं तामाङ,रचना नेम्बाङ, तेजमाया नेम्बाङ,बिष्णु अधिकारी,आशिष आङवो,जितेन चेम्जोङ, इश्वरी निरौला,लोकबहादुर रिमाल,बिमला नेम्बाङ र सन्दिप तुम्रोक चयन भएका छन् ।
वर्तमान समितिले गैरसरकारी संस्था महासंघको हकहित र उन्नयनका लागि निरन्तर लागि पर्ने अध्यक्ष तमाङले बताइन ।संस्थाका केही नराम्रा पक्षलाई सुधार गर्नुपर्ने भएकोले यसका लागि सबैले रचनात्मक सल्लाह, सुझाव र सहयोग गर्न उनले आग्रह गरिन ।