हामीले काम गर्ने हाम्रो माटोको लागि होइन ?
किशोर राई, अध्यक्ष, कोशी प्रदेश फुटबल संघ
पंकजविक्रम नेम्बाङ्ग, अध्यक्ष, एन्फा
किरण राई, महासचिव, एन्फा
सुरेश शाह, प्रवक्ता, एन्फा
कोशी प्रदेश महिला फुटबल टिमले बल्लतल्ल आयोजना भएको सुपर लिग नखेल्ने कुरा ज्यादै दुःखको बिषय बनेको छ । संस्थामा विभिन्न समस्या होलान् ? तर यो चेलीहरु, छोरीहरुको प्रतिभा प्रष्फुटनका लागि यो कदम, यो कुरा ज्यादै दुःख लाग्दो बन्यो । किरण राई तपाइँ आफैं पनि कुनै बेला ए्न्फाको उपाध्यक्ष भइ सकेको मान्छेले कोशी प्रदेशको जिम्मेवारी लिनु हेर्दा फुटबलप्रतिको माया हो भन्ने लाग्थ्यो । तर होइन रहेछ । सामान्यतया कुनै पद लिँदा तलबाट माथि जाने हो तर तपाइँ माथिबाट तल झर्नु भयो ।
अर्को कुरा पद लिनु भनेको जिम्मेवारी लिनु हो । जिम्मेवारी लिनु भनेको काम गर्नु हो । तर तपाइँले त ठेकदार जस्तो नाफा भयो भने काम गर्ने नत्र छोड्ने काम गर्नु भयो । नेतृत्व भनेको त अप्ठ्यारोलाई समन्वय गर्ने होइन र ? सजिलो बनाउन प्रयास गर्ने होइन र ?
पंकजविक्रम, किरण, सुरेश तपाइँहरुले पहिलो पाइला टेकेको माटो यही प्रदेशको होइन ? पहिलो स्वास फेरेको यही प्रदेशको हावा होइन ? यसकारणले पनि तपाइँहरुले पनि समन्वय, सहकार्य गरेको भए के बिग्रन्थ्यो ? मन फराकिलो बनाएको भए के बिग्रन्थ्यो ? किशोर तपाइँलाई नेपाली फुटबलको गति, समस्या सामान्य मात्र थाहा भएको हो र ? नेपाली फुटबललाई समसुम्याउदै, ताते गराउँदै ल्याउने व्यक्तिको यो कदम कदापि पनि शोधायमान भएन, देखिएन ।
तपाइँहरु सबै काम गर्ने भनेर तत् तत् पदमा आउनु भएको होइन ? अब त्यसो हो भने हामीले काम गर्ने भनेको हाम्रो माटोको होइन् ? छातीमा हात राखेर भन्नुस् त -फुटबलका शुभ चिन्तक के भन्दैछन् ?
के अब हाम्रा चेलीहरु, छोरीहरुको सपना निमोठी दिनु, पसिना बालुवामा खन्याई दिनु ?
म
सगुन सुसारा