पाँचथर । न्युरोड टिम ( एनआरटी) फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रबेश गरेको छ । बिहिबार फिदिम माबिको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा मौफसलको सलेहश क्लब सिराहालाइ टाइब्रेकरमा ५–४ गोलको कठिन जित निकाल्दै एनआरटी सेमीफाइनल प्रबेश गरेको हो ।
एनआरटीको जित सँगै एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । आयोजक फिदिम र्स्पोटिङ क्लब, मच्छिन्द्र क्लब र चर्च व्वाइज युनाइट आफ्नो खेल जित्दै यस अघिनै सेमीफाइनल प्रबेश गरेका छन् । निर्धारीत ९० मिनेट सम्म दुबै टोलीबाट गोल नभए पछि खेलको निर्णय टाइबेकरबाट गरिएको थियो । टाइब्रेकरमा एनआरटीको तर्फबाट अन्जन बिष्ट,क्रितिश छुर्जु, अभिशेक लिम्बु,कार्लोश र सरोज तामाङले गोल गरेका थिए ।
सलेहश क्लबको तर्फबाट कुलदिप कार्की,बिबेक राई,दोर्जे तामाङ र फागुराम थारुले गोल गरेका थिए । बिदेशी खेलाडी हेन्रीको प्रहार एनआरटीका गोल रक्षक प्रमिजय गच्छेदारले रोकेका थिए ।
खेलमा दुबै तर्फबाट गोलका केही अबशर गुमेका थिए । एनआरटीका अभिशेक लिम्बु त प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । सेमीफाइनल पुगेको एनआरटीले शनिबार फाइनल प्रबेशका लागी अर्को ए डिभिजनको क्लब मच्छिन्द्र सँग खेल्ने छ ।
प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा भोली आयोजक फिदिम र्स्पोटिङले चर्च व्वाइज युनाइटेडको सामना गर्ने छ ।
विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।