पाँचथर । आगामी साता सुरु हुने दोश्रो फिदिम भेट्रान्स कप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता माघ ९ देखि सेमिफाइनल सम्मका खेलहरु प्रत्येक दिन २ खेल हुने जनाइएको छ । पहिलो खेल दिउसो १ बजे र दोश्रो खेल दिनको ३ बजे आयोजना हुने आयोजकले बताएका छन् ।
फिदिम भेट्रान्स क्लबको आयोजनामा माघ ९ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम क्लब भेट्रान्स र भारतको युनाइटेड फेन्ड्स क्लब बुङकुलुङ दार्जिलीङ फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार, दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।