झापा । परिवारका सबै जना भारत कुम्भमेलामा गएको बेला बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ।
शनिबार साँझ ८ बजेतिर बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको पप्पुको घरमा कोही नभएको अवस्थामा घरको पूजा कोठाबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७:४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो।
घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।