पाँचथर । झापामा ब्राउन सुगरसहित पाँचथरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम ४ का २० वर्षीय पारस राजवंशी रहेका छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राजवंशी प्रहरी चेकीङकाे क्रममा पक्राउ परेका हुन् । राजवंशीलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम ०९ मिलिग्रामसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।