पाँचथर–
”रिमि र झिमि पानि है पर्यो असारे मासैमा
हिडेका हामी धानैमा रोप्न बेसीको फाटैमा”
अरुण उत्पत्यका अन्तर्गतको यो गीतले भनेझै यति बेला किसानहरु धान रोप्नका लागि खेतमा जुटेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा जेठदेखिनै रोपाई सुरुभएर साउनसम्म चल्छ । रोपाइको दृष्य सुन्दर देखिन्छ तर यहि सुन्दर दृष्य भित्र किसानको जीवन निर्भाहको सवाल महत्पूर्ण रहेको छ ।
किसानहरु रोपाई गर्न जुटिरहेका छन् । यसपल्ट समयमै पानी परेकाले किसानलाई सहज छ । बेसीमा किसानहरुको धमाधम देखिन्छ । गोरु जोत्ने, बाहुसे गर्ने, धान रोप्ने जस्ता कामसाथ पूर्वी पहाडी जिल्लाहरुमा यतिखेर किसान मेहनतका साथ काम गरीरहेका छन् । मंसिरमा राम्रो फसल निकाल्ने अभिलाषा सहितको मेहेनत खेतका गरा गरामा देखिन्छ ।
पूर्वी पहाडी जिल्लाको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको छ । रोपाई गरेको रमाईलो देखिएपनि किसानको दुखः निक्कै रहेको छ । असार १५ लाई निक्कै महत्व दिईने गरीन्छ ।
पाँचथर जिल्लाका आठै स्थानीय तहमा धान खेती हुन्छ । बढिमात्रामा फिदिम नगरपालीका हुने गरेको छ । कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टका अनुसार पाँचथरमा ९ हजार २ सय ३ हेक्टरमा धान खेती हुन्छ । यो मध्ये असारको दश गतेसम्मा १५ प्रतिशत रोपाई भएको छ । स्थानीय जातका धान खेती बढि प्रयोग ुहने गरेको छ । कृषिलार्य आधुनिकिरण तथा सरकारले सहयोग गर्दै लैजानु पर्ने अवस्था छ ।