बिराटनगर । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले मासिक साढे ३ लाखभन्दा बढी भाडा तिरेर काठमाडौंमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गरिएको पाइएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राईको सम्पर्क कार्यालयका लागि यति महँगो भाडा तिरेर काठमाडौंको महाराजगन्जस्थित एउटा घर भाडामा लिइएको हो। करिब २ वर्षअघि सम्पर्क कार्यालय सञ्चालनमा छ।
मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर काठमाडौंमा महिनाको ३ लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको हो।
मुख्यमन्त्रीको सम्पर्क कार्यालयको भाडा विवरण यसमा हेर्नुहोस् ः
नेपाल खबरबाट