कुहु कुहु….. कोईलि साथमा चराहरूको चिरिबिरि आवाजले गुन्जयमान जोरपोखरिको आफ्नै बिशेषता र महत्व रहेको पाईन्छ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिम बाट २५ किलो मिटरको दुरिमा रहेको जोर पोखरी अत्यन्तै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल हो। मेचि हाईवेमा
पर्ने जोरपोखरिको गर्मीमा सितलताको अनुभूति गराउने यी पोखरि, दुइ पोखरी सङै भएकाले जोरपोखरी भनिएको हो।
पाँचथरको पर्यटकीय गन्तव्य जोरपोखरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थीतिका कारण सुनसान छ। यो बेला जोरपोखरी क्षेत्रमा घुम्ने, पुँजा पाठ गर्नेको उलेख्य संख्यामा चहलपल हुने यो क्षेत्र अहिले शान्त छ।
पर्यटक यहाँको मनमोहक दृष्य हेर्न र रमाईलो गर्न यो ठाउँमा पुग्ने गरेका छन् ।
हिलिहाङ गाँउपालीकामा पर्ने यो ठाँउमा मस्तसँग हरियाली छाएको छ। मेचीराजमार्गको नजिकै पर्ने भएपनि अहिले गाडीहरु कम भएकाले अवस्था शान्त छ। शहरिया जीवनवाट आक्रान्त फुर्सदमा घुम्न रमाईलो गर्न यहाँ जाने गरेका छन्।प्रेमि प्रेमिकाको माया बिस्याउने ठाउँ पनि हो जोरपोखरी ।
पर्यटकका लागि मात्र होइन घुम्ने रमाइलो गर्ने ठाउँ संगै यहाँको धार्मिक महत्व छुटटै रहेको छ ।यहाँ बाला चतुर्दर्शिका दिन मेला लाग्ने गरेको छ।यहाँ भक्तजनहरू मेला भर्न र सदबिउ छर्न यो ठाउँमा आउने गरेका छन् ।यहाँ सद्बिउ पद्बिउ छरेमा परिवारमा सुख शान्ति हुने साथै अन्नको सह रहने बिश्वास गरिन्छ।प्राकृतिक रुपमा सुन्दर यो क्षेत्र बहुधार्मिक स्थल समेत हो। यहाँ हिन्दु, किरात, वौद्ध धर्मालम्बीहरुका अनुष्ठान छन्। यहाँ रहेको जोरपोखरी पवित्र धार्मिक स्थलको रुपमा मानिन्छ। एउटा ठूलो पोखरी छ भने अर्को सुक्दै छ। शिवालयका साथै सास्कृत पाठशाला समेत रहेको छ। विस १९८३ सालमा स्वर्गद्धवारी महाप्रभुले स्थापना गरेको कुटि छ। यस्तै, माङहिम (नेपाली भाषामा) मन्दिर रहेको छ। महागुरु फाल्गुनन्दले यहाँ पुँजापाठ गरेको पाईन्छ। यस्तै नजिकै गुम्बा, सानो पाथीभरा मन्दीर पनि रहेका छन्। दुख कष्ट भएमा यहाँ आएर पुजाआजा गरेमा दुख कष्ट हरण हुने जन बिश्वाष पनि रहेको छ ।
तुलनात्मक रुपमा भन्दा लकडाउन अगाडि अन्य पर्टक भन्दा धार्मिक पर्यटक बढि मात्रामा आउने गरेका छन् ताप्लेजुङको धार्मिक स्थल पाथिभराको दर्शन गर्न आउने पर्यटकले बढि मात्रामा पुजाआजा गर्ने गरेका छन् ।यश स्थलमा सनातन धर्म अनुसार बेद रूद्री चणडि पठन पाठनका लागि गुरूकुलमा बिद्यार्थीहरूलाई निशुल्क पठन पाठन गर्ने गरिएको छ ।मन्दिर आसपासमा आश्रमको लागि ५ बटा टहरा रहेका छन्। यहाँ गुरु पुरहित बिद्यार्थी बस्ने गरेका छन।
लकडाउनका कारण बजारमा पनि चहलपहल छैन्। तर जोरपोखरीको सुन्दरतामा भने केही कमि आएको छैन।
पहिले त यो बेला गर्मी छल्दै रमाउने आउनेको भिड हुन्थ्यो। यो साल कोरोनाका कारण जोरपोखरी क्षेत्र सुनसान छ।