काठमाडौँ । आफ्ना सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा संवाद सुरु भएको छ।
स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आज वरिष्ठ नेता पौडेललाई फोन गरेर मन्त्रीका लागि नाम प्रस्ताव गरेका हुन्।
फोन संवादमा नेता कोइरालाले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जानुपर्ने र त्यसमा दिलेन्द्र बडु, सुजाता कोइराला, गगन थापा र प्रमोद यादवलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव पौडेलसमक्ष राखेको स्रोतले जनाएको छ।