काठमाडौं । जाँदा जाँदै ओली सरकारल जनतालाई मारमा पारेर गएको खुल्न आएको छ । ओली सरकारले सवारीसाधनको भाडा २८ प्रतिशत बृद्धि गरेको पाइएको छ । ओली सरकारको पालमा सवारीसाधनको भाडा २८ प्रतिशत बृद्धि गरेको पाईको हो । ओली नेतृत्वको सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर २० देखि २८ प्रतिशतसम्म बढ्नेगरी निणर्य गरेको भेटिएको छ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले असार २७ गते अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २६ प्रतिशत भाडा वृद्धि गर्न मन्त्रीस्तरीय निणर्यबाट सहमति दिएका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।
दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड-१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निणर्य गरेर बाहिरिएको खुलासा भएको हो ।