काठमाडाैं ।नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र खटपट सुरु भएकाे छ । प्रधानमनन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे मतभेद सुरु भएको छ। अदालतले पुनर्स्थापना गराइदिएको प्रतिनिधि सभा पुरा कार्यकाल चलाउन मत दिनुपर्ने मत एक थरी नेताहरुले अघि सारेका छन्। अर्कोतिर, पार्टी एकताको लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा रहेका नेताहरुले देउवालाई सघाउन नसकिने बताइरहेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् ।
विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ब्याक नहुने बताएका हुन् । तपाईंहरु आफ्नो निर्णय लिनुहोस्, म चाहिं ब्याक हुन्नँ, स्रोतले उनको भनाई उदृत गर्दै भन्यो ।
रावल र पाण्डेले अझै पनि एमाले एकताका लागि पहल गर्ने विषयबारे छलफल गर्न खोजेपछि नेपालले कडा जवाफ दिएका हुन् । नेता नेपालले ओलीसँग सहकार्य गर्ने ढोका बन्द भइसकेको समेत बताएका थिए ।पछिल्लो समय माधव नेपाल समूहमा देउवालाई समर्थन गर्ने या नगर्ने विषयमा विवाद बढेको छ । नेपाल ब्याक नहुने पक्षमा छन् । रावल, पाण्डे र बिष्ट भने सहमतिका लागि अझै प्रयास गर्नुपर्ने पक्षमा छन् ।