पाँचथर । सिमसिम पानी परिरहेको थियो, हामी ओत लाग्ने एउटा सानो गोठ तर्फ लाग्यौं । गोठमा पुग्दा हार्मीले कारुणीक दृष्य देख्यौं । चार जना बच्चाहरु अगेनामा खेलीरेहका थिए । उनिहरु खरानी पानी पकाउदै खादै थिए । यो दृष्य फिदिम नगरपालिका वडा नं १० पच्चिसेमामा भुमिका लोवाको घरको दृष्य थियो ।
एक सानो झुपडि झुपडि भित्र साना साना चार बालक हिड्न उफ्रन सक्ने उफ्रिरहेका थिए दुईजना हिड्न र बोल्न नसक्ने टुलुटुलु उनिहरूलाई हेरिरहेका थिए । यस्तो कारूणिक दृष्य थियो हामी त्यहाँ पुग्दा परिवारका २ जना अपाङ्ग रहेका छन् । उनिहरु हिड्न बोल्न सक्दैनन लोलिहाङ र उनकि १२ बर्षिय दिदी पेलीसा हामी त्यँहा पुग्दा लोलिहाङ् एक्लै अगेनामा खरानी खेलाउदै थिए । हामी सबै दृष्य नियालिरहेका थियौं मनमा साह्रै नराम्रो महसुस भैरहेको थियो ।
यो दुनियाँ पनि अजिबको छ । यहाँ गरिबको हालत यस्तो छ, जो आधा पेट खाएर, आधा शरीर छोपेर बाँचेका छन्।् । उता अर्काथरी यो खाऊँ र त्यो खाऊँ भन्दै आधा खाने आधा फाल्ने गर्छन्। कति फरक छ ग्रमिण जीवन अनी गरिबी परिबेश ।
लोलीहाङको बोली आउदैन बस्न राम्ररि सक्दैनन पारिवारिक स्थिति एकदमै नाजुक रहेको देखियो । हामीले घरको यताउता चामल हेर्यौं तर खानेकुरा देखिएन र हामीले भुमिकालाई सोध्यौ चामल अभाव छ ? उनले बिहान खाएर बेलुका के खाने भन्ने समस्या रहेको सुनाइन । र हामीले केहि चमाल नलगेको हुँदा केही पैसा चामल किन्नु भनेर छाड्यौं ।
बिहान बेलुका हातमुख जोड्न पनि कठिन छ ।असारको धमाधम बुबा आमा काममा जानुपर्छ ।दैनिक बनिबुतो गरेर गुजारा गरिरहेको परिवारमा चार सन्तान रहेका छन् चार सन्तान मध्धे २ जना बोल्न र हिड्न सक्दैनन लोलिहाङ जन्मदै नालले बेरिएको थियो हामिले उपचार गर्न अस्पताल पुर्याउन आर्थिक अभावले गर्दा पाँचथर अस्पताल रेफर गरेपनि ठुलो अस्पताल लान सकेनौं उपचारको अभावमा अपाङ्ग भयो । गरिब ह्ुनको पिडा भुमिका लोवाले सुनाउदै गइन , हाम्रो कर्म पनि त यस्तै होला नि कसैलाई पनि आफ्नो सन्तान अपाङग होस भन्ने लाग्छ र ? आमा भुमिका लोवा गुनासो सुनाउछिन्।
भुमिका लोवाले सुनाउदै गइन,“ अब छोरो ठुलो हुदैँ जाला रोगले छाड्ला, अनि सुखका दिनहरु आउला भनेको यो त सपना जस्तो मात्र भयो ।” आठ वर्ष सम्मको हुदाँ पनि छोरो मुर्ति जस्तो हुदाँ हामी बुढाबुढी रुनु शिवाय के नै गर्न सक्थ्यौँ र ?
अहिले सम्म सहयोग गर्छु भनेर कोही नआएको भुमिकाले बताइन् वडा सरकारले हामिलाई कुनै राहत उपलब्ध गराएको छैन । जति पनि सहयोग जनसेवा समाज पाँचथर बाट भयो त्यति हो ।हामिलाई २ पटक उहाँहरूले लगाउने लुगा र खाद्यन्न उपलब्ध गराउनुभयो उहाँहरूको सधै भलो होस आँखाभरि आँसु पार्दै भुमिकाले सुनाईन वडा सरकारले रातो कार्ड बनाईदिए केही मात्रामा राहत मिल्ने थियो । अहिले पहेलो कार्ड मात्र छ, यसले सेवा सुबिधा कम हुने उनको भनाई छ । उपचारको लागि हामिलाई कहि पहल गर्न सकेनौं । दैनिक खानको लागि बनिबुतो गर्दा दिनचार्य गर्दै समय बित्छ कुनै सहयोगि सस्थालाई पहल गरिदिन र उपचार गराईदिन उहाले हामिलाई अनुरोध गरिन ।