काठमाडौं । पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् । काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् । आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।उनले भने, ‘समयमा महाधिवेशन गरेर पार्टीलाई वैधानिक सङ्कटबाट जोगाउनुपर्छ । त्यसका लागि हामीले पार्टी नेतृत्वलाई दबाब दिन बैठक बस्दै छौँ ।’ संस्थापन इतरको बैठकमा पार्टीको केन्द्रीय नेताहरूलाई भने बोलाइएको छैन । केसीले भने, ‘हामी जिल्ला सभापतिका बीचमा मात्र छलफल गर्न खोजेका हौँ । केन्द्रीय नेताहरूलाई बोलाइको छैन । आजको बैठक पनि जिल्ला सभापतिहरूको नियमित बैठककै निरन्तरता हो ।’ संस्थापन इतर पक्षका काठमाडौँ उपत्यकामा उपलब्ध करिब २०/२२ जना जिल्ला सभापतिहरुबीच बेला बेला बैठक बस्दै आएको छ ।उनीहरूले राष्ट्रिय र आन्तरिक पार्टी राजनीतिबारे साझा धारणा सार्वजनिक गर्दै आएका छन् । पार्टी महाधिवेशन अनिश्चित हुन थालेपछि यसपटक भने संस्थापन पक्षका अधिकांश जिल्ला सभापतिबीच छलफल हुँदैछ । केही दिनअघि मात्र जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने माग गरेका थिए । नेपाल प्रेसबाट यो समाचार सभार गरिएको हो ।
रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी : को-को हुन् ?
रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी : को-को हुन् ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस