काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी दर्ता गर्ने तयारी गरेका छन् । नयाँ दर्ता हुने पार्टीको नाम, चुनाव चिन्हलगायतका विषय पनि टुङ्गो लगाइसकिएको नेपाल निकट एक सदस्यले बताए ।
ती नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) पछि अन्य विकल्पमा नेकपा एमाले क्रान्तिकारी, नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा(एकीकृत) लगायत नामहरूमा पनि छलफल भइरहेको छ तर नेकपा एमाले नै राख्ने भनेर अन्तिम टुङ्गो लागिसकेको छ ।
नेपाल पक्षका नेताहरूले चुनाव चिन्ह भने सूर्य नै रहने बताएका छन् ।
मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिसकेका छन् ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउनका लागि सहज हुने गरी अध्यादेश संशोधन गरी राष्ट्रपति समक्ष सिफारिस गरिसेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल पक्षले दल दर्ता गर्ने तयारी गरेको छ ।