पाँचथर । सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा ‘स्मार्ट लकडाउन’ हो।
सीसीएमसीले यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई ध्यानमा राख्दै निषेधाज्ञामा कडाइ या खुकुलो गरिने जनाएको छ।
यस अवधारणालाई कार्यान्वयन गर्न देशका विभिन्न भागलाई उच्चदेखि न्यून जोखिमका आधारमा पाँच वर्ग – रेड, एम्बर, एल्लो, ग्रीन र ह्वाइट जोन – भनिन्छ।
कुन क्षेत्र कुन जोन अन्तर्गत पर्छ भन्ने विषयको तय सङ्क्रमण दर, अघिल्लो साताको सङ्क्रमण दरसँगको तुलनात्मक विश्लेषण, सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या, सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एवम् आईसीयू र भेन्टिलेटरसम्म पुगेका बिरामीको सङ्ख्याको आधारमा हुने छ ।सीसीएमसीले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पनि जारी गरेको छ ।
सोही सर्कुलरको आधारमा अहिले जिल्ला प्रशासन कार्यालयहरु संक्रमण र स्वास्थ्य पूर्वाधारलाई हेरेर लकडाउन लागू गर्ने योजनामा छन् ।
संक्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर सीसीएमसीले मुलुकलाई चार रङमा विभाजन गरिने गाइडलाइन बनाएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।
संक्रमितको संख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेंलो संकेतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको नियम ल्याइएको छ ।