पाँचथर । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्नेहरुको चहलपहल बढेसँगै यो क्षेत्रका होटल खुलेका छन् । पाथिभरा देविको दर्शनार्थीलाई लक्षित गरि माथिल्लो फेदि, तल्लो फेदि काफ्ले पाटी लगायतका ठाँउमा रहेका होटल खुलेका हुन् । कोरोनाको दोश्रो लहर चलेपछि बैशाख यता यहाँका होटल बन्द थिए ।
पानी झरी चलिरहेपनि पाथिभरा देविको दर्शन गर्न विभिन्न ठाँउबाट दर्शनार्थी आउन थालेपछि यहाँको चहलपहल बढ्न थालेको छ । विगतको झै चहलपहल नभएपनि विभिन्न जिल्लाबाट दशनार्थी आउन थालेका छन् ।
कोरोनाकारण बन्द भएका होटल दशनार्थी आउन थालेपछि खुलेको तल्लो फेदिका होटल सञ्चालन लिला पौडेलले जानकारी दिए । पाथीभरा नजिकैकामात्र होइन मेची राजमार्गमा आसपासमा रहेका बजारका होटलहरुमा पनि चहलपहल बढ्ने गरेको छ ।
सरकारले औपचारीक रुपमा दर्शनका लागि खुल्ला नगरेपनि दर्शन गर्नका लागि रोकिएको छैन् । पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेलेल औपचारीक रुपमा खुल्ला नभएको जानकारी दिए ।
कोरोना भाइसरका कारण सुनसान रहेको पाथीभरामा अहिले नेपालका विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आईपुगेका हुन । बर्षेनी देशविदेशबाट ठुलो संख्यामा दशनार्थी आउने गर्छन् । पाथीभरामा चहलपहल सुरुभएसँगै मेचीराजमार्गमा गाडीको चाप समेत बढ्दै गएको देखिन्छ ।
पछिल्लो समय १२ महिनै दशनार्थी आउने पाथिभरामा कोरोनाको दोश्रो लहर चलेपछि चलहलपल थिएन । अहिले तराई लगायतका विभिन्न जिल्लाहरुबाट दशनार्थीहरु आईरहेका छन् । कोरोना संक्रमण पछिको भएको बन्द खुल्दै गएपछि पाथिभरा देविको दर्शकालागि आएको मोरङबाट आएका दशनार्थी भुपेन्द्र प्रताप मल्ल ठकुरीले बताए ।
‘दर्शन गर्ने ठुलो अभिलाषा थियो । कोरोना कारण कारण आउन पाईरहेका थिएनौँ । अब दर्शन गर्न पाईन्छ भन्ने सुनेर परिवारनै आयौँ’ भुपेन्द्रले भने । भुपेन्द्र जस्तै विभिन्न ठाँउवाट आएका दशनार्थी पाथीभरा क्षेत्रमा देखिन्थे ।
पाथीभराको महिमा देशविदेशमा फैलिएको छ । सिजनमा यहाँ घण्टौँ लाईन बसेर दर्शन गर्नु पर्ने हुन्छ । ताप्लेजुङको सुकेटारसम्म कालोपत्र सडक छ । त्यहाँभन्दा माथि काफ्लेपाटी भन्ने ठाँउसम्म ग्राबेल गरेको छ । त्यहाँबाट उकालो हिड्नु पर्ने हुन्छ । यहि उकालोमा अनेक अभिलाषा बोकर दर्शनार्थी हिडिरहेका हुन्छन् । भदौँको दोश्रो साता झरी नरोकिएपनि दर्शनार्थीहरु उकालो ओरालो गरीरहेका देखिन्थे । पाथीभराको अनेकन महिमाले गर्दा यहाँ दशनार्थी दुख गरेर पुग्छन् ।
पाथिभराका पुजारी टिकाराम पौडेलका अनुसार देविको दर्शनका लागि विगतको जस्तो ठुलो संख्यामा दर्शनार्थी आहिपुगेका छैनन् । झरीरोकिएपछि ह्वातै दशनार्थी बढ्ने उनको अनुमान छ । बैशाखपछि बन्दभएकाले यहाँ आउने ‘भाकल’ गरेकाहरु यो बेला आईरहेका पाईन्छ । यहाँ आउने दशनार्थीका अनेकन अभिलाष भएको पाईन्छ ।
पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माणका काम भईरहेका छन् । उकालोमा दशनार्थीका सजिलोका लागि बस्ने ठाँउ बनाइएको छ । पाथीभरा देवि परिसरमा खानेपानी पु¥याउनकालागि काम भईरहेका छन् । महिनाअनुसार फरक विशेषता रहने पाथीभरा रहेका छन् । पाथीभरा मन्दीर परिसरमा विभिन्न संरचना बन्दै छन् । पाथीभरा देवि समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मीटर उचाईमा रहेकी छन् ।
चहलपहल सुरु भएपनि यहाँ पर्याप्त सचेतना भएको देखिदैन । तराईका जिल्ला तथा पूर्वी पहाडी जिल्लामा कोरोना संक्रमणको दर उलेख्य संख्यामा घट्न सकेको छैन् । विभिन्न ठाँउबाट यहाँ दशनार्थी आइरहेका छन् । तर मास्क लगाउने, सेनिटाइजर लगायतको प्रयोग भने देखिदैन । यस्ले कोरोनाको संक्रमण फैलिने खतरा समेत बढाउने देखिन्छ ।
पाथीभरामा बढ्यो चहलपलह
पाथीभरामा बढ्यो चहलपलह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस