पाँचथर– ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्नेहरुको चहलपहल बढेको छ । कोरोना भाईरसको दोश्रो लहर चलेपछि दर्शन गर्न रोकिपनि पछिल्लो दिनमा पाथिभरा देविको दर्शन गर्न आउनेको संख्या बढ्दै गएको हो । मौसम खुल्दै गएको छ, हिमाल छर्लङ देखिन थालेका छन् । कोरोना भाइसरका कारण सुनसान रहेको पाथीभरामा अहिले नेपालका विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आईपुगेका हुन ।
पूर्वका विभिन्न जिल्ला तथा काठमाण्डौँबाट पनि पाथिभरा आउने क्रम बढेको हो । मेची राजमार्गमा पाथीभरालागि हिडेका गाडीहरु बाक्लो संख्यामा देखिन थालेका छन् भने पाथीभरा क्षेत्रमा उकालो, ओरालो गरीरहेका दर्शनार्थीहरु भेटिन्छन् ।
दर्शनार्थी आउन थालेपछि तल्लो फेदि, माथिल्लो फेदिमा रहेका होटलहरु खुलेका छन् । १२ महिनै दशनार्थी आउने पाथिभरामा कोरोनाको दोश्रो लहर चलेपछि चलहलपल थिएन । तराई लगायतका विभिन्न जिल्लाहरुबाट दशनार्थीहरु आईरहेका छन् ।
पाथीभराको महिमा देशविदेशमा फैलिएको छ । सिजनमा यहाँ घण्टौँ लाईन बसेर दर्शन गर्नु पर्ने हुन्छ । ताप्लेजुङको सुकेटारसम्म कालोपत्र सडक छ । त्यहाँभन्दा माथि काफ्लेपाटी भन्ने ठाँउसम्म ग्राबेल गरेको छ । त्यहाँबाट पाँच किलोमीटर उकालो हिड्नु पर्ने हुन्छ । यहि उकालोमा अनेक अभिलाषा बोकर दर्शनार्थी हिडिरहेका हुन्छन् । पाथीभराको अनेकन महिमाले गर्दा यहाँ दशनार्थी दुख गरेर पुग्छन् ।
पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माणका काम भईरहेका छन् । उकालोमा दशनार्थीका सजिलोका लागि बस्ने ठाँउ बनाइएको छ । पाथीभरा देवि परिसरमा खानेपानी पु¥याउनकालागि काम भईरहेका छन् । महिनाअनुसार फरक विशेषता रहने पाथीभरा क्षेत्रमा पछिल्ला बर्ष १२ महिनानै दर्शनार्थी पुग्ने गर्थे । पाथीभरा मन्दीर परिसरमा विभिन्न संरचना बन्दै छन् ।
कोराना भाईसरको संक्रमण सकिएको छैन् । पाथीभारा क्षेत्रमा दशनार्थीको संख्या बढेपनि यहाँका होटलमा आवश्यक स्वास्थ्य सावधानी अपनाएको देखिदैन । यसतर्फ समयमै सचेत रहनु पर्ने देखिन्छ ।