पाँचथर– एक नगरपालीका सहित आठ स्थानीयतह रहेको पाँचथरमा नेपाली काग्रेसको पालीका अधिवेशन जारी छ । कतै उद्घाटन सत्र सकिएको छ भने कतै जारी छ ।
काग्रेसको आन्तरीक जीवनका निक्क कडा प्रतिस्पर्धा हुने मानिएको १४ औँ महाधिवेशनमा पालिकाको नेतृत्व चयनका लागि मतदान हुने भएको छ । पाँचथरका पाँच स्थानीय तहमा मतदानको तयारी भएको छ ।
फिदिम नगरपालीकामा मनोनय दर्ता गर्ने काम अघि बढेको छ । साझ ५:१५ बजेदेखि मतदानको तयारी भईरहेको छ । याङ्वरक गाँउपालीकामा पनि मनोनयन दर्ताको काम भईरहेको छ । फाल्गुनन्द, याङवरक र तुम्बेवा गाँउपालीकामा पनि चुनावै हुने देखिएको छ । तुम्बेवा र कुम्मायकमा मिलाउने प्रयास असफल भएको देखिन्छ । फालेलुङ, हिलिहाङ र मिक्लाजुङ गाँउपालीकामा भने यस अघिनै सहमति भएकोृ थियो ।
जिल्ला कार्यसमितिकै प्रतिस्पर्धा अनुरुपको प्यानल स्थानीय तहमा बनेको छ । जिल्ला सभापतिका लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहाल र हालका सचिव रुपनाराण जवेगु प्रतिपस्र्धामा छन् । दुबै समुहले पदाधिकारीको टिमनै घोषणा गरिसकेका छन् । दाहाललाई हालका सभापति नरेन्द्रकुमार केरुङ र जवेगुलाई केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको समर्थन रहेको छ । जिल्ला अधिवेशनलाई प्रभाव पार्ने भएकाले पालीका अधिवेशनलाई निक्कै प्राथमिकता राखिएको छ ।
फिदिम, याङवरक र फाल्गुनन्द गाँउपालीकामा चुनावी प्रतिस्पर्धा निक्कै कडा हुने अनुमान हुदै छ । फिदिम नगरपालीकामा सभापति पदका लागि प्रकाश गुरुङ र केशव नेम्बाङ विच प्रतिस्पर्धा हुदै छ । गुरुङ फिदिम नगरपालीका–४ का वार्ड अध्यक्ष हुन् । उपसभापतिमा बालकृष्ण लावती, श्रीप्रसाद घिमिरे, सुकपाल तुम्बापो, सचिवमा उपेन्द्र बाँस्कोटा, नरेन्द्र गुरुङ र अविनाश भटराई रहेका छन् ।
याङवरक गाँउपालीकामा सविन माबो र शेरवहादुर नुगु विच प्रतिस्पर्धा हुदैँ छ । यस्तै फाल्गुनन्द गाँउपालीकामा सुखविर नेम्बाङ र एमपि चेम्जोङ विच प्रतिस्पर्धा हुदै छ । कुम्मायक गाँउपालीकमा दुर्गा प्रसाद बम्झन र तुलसीप्रसाद निरौला, तुम्बेवा गाँउपालीकामा बाबुराम खड्का र दिलेन्द्र शर्मा सभापतिका उम्मेद्वार रहेका छन् ।
फालेलुङमा विरविक्रम थाम्सुहाङ, हिलिहाङमा सन्तोष लिङदेन र मिक्लाजुङमा सन्तोष शेर्मा सभापति बनाउने सहमति भएको थियो ।