पाँचथर । कृष्टिना थाम्सुहाङको मुत्युको विषयलाई लिएर गए राति पाँचथर अस्पतालमा तोडफोड भए पछि पाँचथर अस्पतालले बिहिबार एक विज्ञाप्ती जारी आकस्मिक सहित सबैखाले सेवा ठप्प पार्ने जानकारी दिएको हो ।
पाँचथर अस्पतालले जारी गरेको विज्ञाप्तीमा स्वास्थ्यकर्मीको कुनै टुत्रि नरहेको र स्वास्थ्यकर्मीको कुनै टुत्रि रहेको आंशका रहे छानमिन गर्न समेत माग गरेको छ । विज्ञाप्तीमा अस्पतालमा तोडफोड गर्ने समुह माथि कानुनी कारवाही र तोडफोडबाट भएको भैतीक संरचनाहरुको मर्मत तथा पुननिर्माण गरी स्वास्थ्यकर्मीहरुको जिउज्यानको सुरक्षाको प्रत्याभुति नहुनजेल बिहिबार देखि आकस्मिक सहित सबैखाले सेवा ठप्प पार्ने जानकारी दिएको हो ।
बुधबार बिहान फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापवार्हिले मृत्यु भएको अाराेप लगाउदै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका थिए ।
बुधबार राती सम्म सदरमुका फिदिम तनाबग्रस्त बनेको थियो । बुधबार फिदिममा झडप,तोडफोडको घटना भएको थियो । राती अवेरसम्म पनि विरोध प्रर्दशन भइरहेको थियो । पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड र ढुङगा र इटा प्रहार गर्दा आठ प्रहरी घाइते भएका थिए ।
प्रर्दशनबाट ६ जना जनपदप्रहरी र दुई जना शसस्त्र प्रहरी घाइते भएका थिए ।