पाँचथर– पाँचथरको उत्तरी याङवरक गाँउपालीकाको थुर्पमा हुने निशान प्रर्दशन, पुजा तथा मेलाको सम्झना गर्ने धेरै छन् । वडा दसैँको अष्टमीको दिन निकास निकालेर नवमीको दिन प्रर्दशन गर्दै वलि दिने गरिन्छ । यसका लागि विभिन्न चरणका पुँजाहरु हुने गर्छन् ।
यस पल्टपनि निशान पुँजा प्रर्दशन भव्यताका साथ भएको छ । उलेख्य उपस्थीतिमा भएको निशान पुँजा, प्रर्दशन, नाँँच हेर्न तथा मेलमा सहभागि हुन ठुलो संख्यामा सर्वसाधारण भेला भएका थिए । निशान पुजा तथा मेला भव्यताका साथ सम्पन्न भएको छ । हरेक बर्ष दसैँको अष्टमी, नवमीमा यहाँ निशान प्रर्दशन, पुँजा, वलि हान्ने तथा विशाल मेला लाग्ने गर्छ ।
यस पल्ट निशान पुजामा उलेख्य उपस्थीति रहेको थियो । ससद, नेता लगायतका हजारौँ सर्वसाधारण उपस्थीतिमिा निशान प्रर्दशन भएको थियो । नेपाल एकिकरणको क्रममा भएको सम्झौतामा निशान यहाँ प्रदान गरिएको थियो । नेपालमा रहेका आठ निशानमा मध्ये दुईवटा निशान यहाँ रहेका छन् । १ सय ६९ थान हतियार सहित निशान दिएर दाजूभाई जस्तै शाषण गरौँ भनेर ताम्रापत्र गरिएको थियो ।
निशान प्रर्दशनको लामो इतिहास रहेको छ । हतियार सहित निशान प्रर्दशन गरिन्छ । अष्टमिदेखि पुजा पाठ गरेर नवमीको दिन पुजाँ पाठ गरिन्छ । उक्त प्रर्दशनको बेला लाग्ने मेलामा आसपासमा जिल्लाबाट पनि सहभागि आउँछन् । याङवरक पोखरीको छेउमा आर्कषक ग्रामिण वस्तीको अघि यो प्रर्दशन हुने गरेको छ । यहाँ भौतिक संरचनाको समेत विकास तथा विस्तार भईरहेको छ । यहाँ कम्फू र जंगी निशान रहेका छन् ।
निशान प्रर्दशन तथा मेलालाई विभिन्न हिसाबले लिईने गरेको छ । यो प्रर्दशनका दिन निक्कै ठुलो मेला लाग्छ । सुब्बाको घरमा हुने निशान बडा दसैँ र चैते दसैँमा निकालिन्छ । यहि बेला बलिपनि दिईने गरीन्छ । निशान र यससँग जोडिएका बिषयहरुको खोज अध्ययन गर्ने, समाग्रिको संरक्षण गर्ने र मौलो क्षेत्रमा होमस्टेको विकास गरी पर्यटन प्रर्वद्धन गर्न सकिन्छ ।