फिदिम ।भारी बर्षाका कारण बुधबार मेची राजमार्ग पुणर् रुपमा ठप्प भएको छ । सोमबार बेलुकाबाट सुरु भएको पानी बुधवार विहानसम्म पर्दा मेचीराजमार्गमा जताततै पहिरो गएको छ । दजर्नौ ठाँउमा गएको पहिरोलाई एकतर्फि खुलाउन प्रयास भईरहेको छ । राँके फिदिम सडक खण्ड खुलाउन प्रयास भएपछि फिदिम-ताप्लेजुङमा पर्ने फिदिम-हेवाखोला सडक खण्ड, इलामको रक्से खण्डमा भएको अवरोध खुल्न अझै समय लाग्ने देखिन्छ ।
मेची राजमार्गमा असंख्य ठाँउमा सडकमा पहिरो खसेको छ । मेचीराजमार्ग लाथलिङ भएको छ । पाँचथरमा मध्यपहाडी लोकमार्ग, कोशि कोरीडर लगायतका ग्रामिण क्षेत्रका सडक अवरुद्ध छन् ।
तस्विरमा हेर्नुस मेची राजमार्गको राँके-फिदिम खण्डको अवस्था ।