पाँचथर ।बाढी पहिरोको कारण पाँचथरमा २८ जना सहित १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको एक नम्बर प्रहरी कार्यालय बिरानगरले जनाएको छ । प्रदेश नम्बर एकमा २० जना घाईते र १३ जना बेपता भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु भएको र १० जना घाईते हुनुको साथै ६ जना बेपत्ता भएको प्रहरीले जनाएका छन् ।
यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् ।यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने३ जना बेपत्ता भएका छन् ।यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाऊपालिकामा बाढीका कारण १/१ जनाको मृत्यु भएको छ ।
बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएको प्रहरीले जानकारी दिएको छ ।