पाँचथर । कोशी राजमार्ग भएर धरान हुँदै सुनसरी र धनकुटाको संगम स्थल भेडेटार पर्यटकिय हिसाबले मात्र होइन व्यावसायिक दृष्टिकोण बाट पनि परिचीत स्थल हो । कहिले कुहिरोले रुमलिन्छ त कहिले घमाइलो यो बजार सडक छेउमा सजिइएका कृषि उत्पादन भेटिन्छ। स्थानिय स्तरमा उत्पादित कृषि जन्य ,दुध जन्य उत्पादन तथा फलफुलले सजिएको हुन्छ । कोशेलिको रुपमा लैजानका निम्ति प्रसस्त स्थानिय उत्पादन बिक्रि भैरहेको देखिन्छ ।
भेडेटार बजारको बिशेषता यहाँको चिसो मौषम र थरिथरिका स्थानिय उत्पादन नै हो । सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारले तराइ र पहाडको उत्पादनको प्रतिनिधित्व गरिरहेको छ । सिधुवाको कोपि,इलामको ललिपप,धनकुटाको नरिवल बिस्कुट,छुर्पी,अकवरे खोर्सानी,घ्यु,तरकारी फलफुल सजाएर राखेको देखिन्छ ।यसका साथै सिजन अनुसारका उत्पादन बिक्रि गर्नका लागि व्यवसायी बसेका छन् । भेडेटारमा स्थानिय उत्पादनको राम्रो कारोबार भएकाले नजिकका किसानहरुले उत्पादन बिक्रिमा समस्या छैन । सिजन अनुसारका तरकारी ,एबोकाडो ,सुन्तला,लगाएतका फलफुल यहाँ पाइन्छ ।
स्थानिय उत्पादनले एकातर्फ बजार पाएको छ । धनकुटा,हिले,बसन्तपुर,तेह्रथुम ,भोजपुर ,संखुवासभाका मानिस ओहोर दोहोर हुने भएकाले पनि यहाँ स्थानिए उत्पादनको राम्रो बिक्रि भएको पाइन्छ ।यहाँको कोशेली बिभिन्न ठाउँमा पुग्ने गरेको छ। स्थानीय उत्पादनलाइ बजारिकरणमा यो बजारको व्यापारले सहयोग पुर्याएको देखिन्छ ।