काठमाण्डाैं । गएको असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलटलाई ‘दोषी’ देखाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै पाइलटलाई दोषी ठहर गरेको हो ।
पाइलट एजी शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्न सिफारिस गरेको छ ।
छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ ।