रवि (पाँचथर)– मिक्लाजुङ गाँउपालीकाको केन्द्र रवि बजार कालोपत्र भएपछि आर्कषक देखिएको छ । कहिले कुहिरोले धुम्म हुने तथा कहिले हरियाली मस्त देखिने यो बजारको मुख्य सडक कालोपेत्र भएपछि थप आर्कषक देखिएको छ । यतिवेला रवि फूलैफूलले सजिएको छ । यतिमात्र हैन सविक रवि गाँविसका घरहरुमा आर्कषक हिसाबले फूल सजिएको छ ।
हेर्नुहाेस केन्जाेकर्मी लिला बाेहाेराले खिचेकाे तस्बिर
रवि बजारलाई सुन्दर बनाउने अभियान गाँउपालीकाले चलाएको हो । सडकको बिचमा ड्रममा फूल रोप्ने काम गाँउपालीकाले गरेको हो भने हरेक घर अगाडी गमलामा फूल रोप्नेकाम स्थानीयले गरेका हुन । घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नु पर्ने नियम बनाइएको छ । फूल यहाँको विशेषता भएको रवि उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश खनाल बताउँछन् ।
सडक कालोपत्रे भएपछिे हरेक घर अगाडी पाँच वटा गमला राख्नकालागि अनुरोध भएको थियो । गमलामा फूल सजाएर राखिएको रवि बजार आर्कषक देखिएको छ । विभिन्न प्रजातीका फूल रोपीएको छ । धेरै चै अर्किट प्रजातीको फूल रोपिएको छ । फूल रोप्ने अभियानले बजार क्षेत्र सजिएको देखिन्छ ।
गाँउपालीका केन्द्रलाई सुन्दर बनाउनका लागि यसो गरीएको गाँउपालीका प्रमुख अमर माखिमले जानकारी दिए । पर्यटन प्रवद्र्धन, रविलाई आर्कषक देखाउने हिसाबले फूल रोप्ने कार्यक्रम अघि सारीएको उनले बताए । अहिले ग्रामिण क्षेत्रको पुरानो रवि बजारका घर अगाडी गमलामा फूल रोपिएको छ ।
ग्रामिण पर्यटनको महत्पूर्ण क्षेत्र भएकाले यो काम सहयोगी हुने अुनमान गरीएको छ । फूल संरक्षणको जिम्मा वार्डलाई दिएको छ । रवि बजार क्षेत्रमा २ हजार ३ सय मिटर सडक कालोपत्रे भईसकेको छ । मेची राजमार्गको राँकेबाट २६ किलोमिटर र झापाको दमकबाट ४८ किलोमीटरमा यो बजार पुगिन्छ । यहाँ ग्रामिण क्षेत्रका घरहरु चिटिक्क परेर बनाईएको छ । सौन्दर्यता थप्न फूलको भुमिका रहेको छ।