मिक्लाजुङ – पाँचथरको दक्षिणि मिक्लाजुङ गाँउपालीकामा पहिरोमा पुरीएर २२ जनाको मृत्यु भयो भने अझै ३ जना बेपत्ता रहेका छन् । कार्तिकको सुरुवातमा भएको बेमौमसी बर्षाका गएको पहिरोका कारण मिक्लाजुङ गाँउपालीकामा ठुलो क्षती भएको छ । सयौँ परिवार विस्तापित भएका छन् ।
सडक, खानेपानी, विजुली सञ्चालनमा आउन सकेका छैन् । सडक अवरुद्ध हुँदा खाद्यान्नकै अभाव हुने अवस्था देखिन थालेको छ । मिक्लाजुङका गाँउहरुमा पहिरो नै पहिरो देखिन्छ । खेती योग्य जमिन बगर भएका छन् । स्थानीयबासिन्दा अब के गर्ने भन्ने अन्योलमा छन् ।
तर प्रदेश, संघिय सरकारले पठाउने भनको राहत अझ गाँउमा आईपुगेको छ्रैन् । उक्त गाँउपालीकामा ठुलो क्षती भएपनि सहयोग, राहत, पुनः स्थापनाका लागि जिल्लाको ध्यान पुगेको देखिदैन । यत्रो विपत्तिमा जिल्लाका जिम्मेवार निकायको ध्यान पुगेको छैन् । प्रधानमन्त्री शेर बहादुर देउवाले पीडितलाई भेटेर आवस्वासन दिएपनि सासदहरु पीडितलाई भेट्न, सहयोग गर्न पुगको छैन् । गाँउपालीका ठुलो विपत्तिसँग लडिरहेको छ । मृतकको किरिया सकिदा पनि दिने भनेको राहत रकम आईपुगेको छैन् । विपत्त व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका प्रमुख, जिल्ला समन्व्य समितिका प्रमुख जिल्लाका राजनीतिक दलका नेताहरु, रेडक्रस प्रभावित क्षेत्रमा अझै पुगेका छैनन् । जिल्लामा निर्णायक भुमिका खेल्नेहरु विपत्ती दुई हप्ता वित्दापनि घटना स्थल नपुग्नुमा स्थानीय पीडितहरु दुखि देखिन्छ । पहिरोले काहाली लाग्दो अवस्थामा स्थानीय सरकारकोमात्र उपस्थीति देखिन्छ ।
सडक नखुल्दा आवागमनमा समस्या रहेको छ । सडक खुलाउन, खानेपानी सञ्चालन गर्न, कृषिको क्षतीको यकिन गर्न, विजुली सञ्चानलमा ल्याउनका निम्ति सम्बन्धी सरकारी कार्यालय मिक्लाजुङ आईपुगको छैन् । पहिरोका कारण यतिधेरै क्षती देखिन्छ, जसको अनुमान गर्न सकिने आवस्था छैन् । यहाँका कुरुम्बा, लिम्बा, सराङडाँडा, आरुवोटे, रवि, लगायतका साविकका गाविसका विभिन्न गाँउमा ठुलो क्षती छ । बाटो,विजुली, खानेपानी जस्ता न्यूनतम आवश्यकताको पुनः सञ्चालनका लागि सम्बन्धीत निकायले चासो नदिदा ठुलो समस्या परेको गाँउपालीका अध्यक्ष अमराराज माखिम बताँछन् । सिडोओलाई विहान ९ बजे खवर गर्दापनि दिउँसो ३ बजेमात्र सम्पर्कमा आएको उनको गुनासो छ । प्रहरीले राम्रोसँग समन्वय नगरेको उनको भनाई छ । राहत र उद्वारमा सदरमुकाममा रहेका संघ तथा प्रदेशका कार्यालय, प्रदेश तथा संघ सरकारको पर्याप्त सहयोग नभएको उनको गुनासो छ । त्यसो त सासद, नेताहरु पनि जनताको दुख बुझ्न गाँउ पुगेका छैनन् ।
विस्तापितहरु आफन्तकोमा बसेका छन् । सडक सञ्चालन नहुँदा खाद्यान्न लगायतका न्यूनतम आवश्यकताको अभाव हुने देखिएको छ । विद्युतका पोलहरु ठाँउठाँउमा लडेका तथा बगाएका छन् । खानेपानी मुहान पहिरो पुर्नुका साथै बगाउदा खानेपानीको समेत अभाव छ ।
कहिले नसोचेको विपत्ति आइलागेको पीडितको भनाई छ । केहि गाँउ अन्यत्र सार्नु पर्ने अवस्थामा पुगको छन् । जताहेर्यो तेतै पहिरो देखिन्छ । पाक्न लागेको धानखेत बगर बनेका छन् । खोलाका आसपासमा भएका धानखेती हुने फाँट बगर बनेका छन् । कृषिक्षेत्रको विकासका लागि महत्पूर्ण योजना यो गाँउपालीकामा थिए । गाँउपालीकाको नमुना कृषि फर्म, माछा पालन जस्ता महत्वका योजना समेत बगाएको छ । विपत्तिले जताततै क्षती पु¥याएको छ । पीडितहरु पुरेका घरबाट केहि समान भेटिन्छ कि भनेर उत्खन्न समेत गर्दै छन् ।
अब कसरी पुनः निर्माण गर्ने भन्ने चिन्ता छाएको छ । विकासका अधिकाश क्षेत्रलाई पहिरोले ध्वस्त बनाएको छ । जताततै पहिरो देखिन्छ । खेती योग्य जमिन बगाएको छ । यो क्षेत्र कृषिका लागि महत्पूर्ण रहेको थियो । राँके–रवि र दमक–रवि सडक खुलेपनि बाँकि सडक अवरुद्ध छन् । पानी पर्ने वितिकै पहिरो बग्ने किसिमका ठाँउहरु प्रसस्त भेटिन्छन् । पहिरो पीडितहरु सरकारले आफूहरुलाई अझैसम्म नहेरेको गुनासो पोख्छन् । गाँउपालीकाबाट पीडितको अवस्था हेरेपनि अन्यत्रबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ ।
पहिरोका कारण ठुलो क्षती पुगेको दक्षिणी मिक्लाजुङ गाँउपालीकामा तत्काल पीडितलाई राहत दिलाउने, सडक, विद्युत, खानेपानी सूचारु गर्ने तर्फ सरकारको ध्यान पुग्नु पर्ने देखिन्छ । पीडितको पीडाको घाउलाई मलमपट् िलगाउन सम्बन्धीत निकायको ध्यान पुग्नु पर्ने देखिन्छ । पहिरोले तहसनहस यो गाँउपालीको पुनः निर्माणका लागि सरकारले विशेष प्याकेज ल्याउन आवश्यक छ ।