पाँचथर । तिहार दाजु बहिनिको सम्बन्ध झल्काउने पर्व मात्र होइन तिहार फूलसँग जोडिएको महत्वपूर्ण चाड पनि हो । डाडा पाखामा फुलेका फुलले तिहार लाई बिशेष बनाएको देखिन्छ । तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले व्यवसायिक रुप लिएको छ ।
गतबर्ष कोरोना महामारिका कारण खासै फुल व्यावसायको चहल पहल देखिएन ,तर यश बर्ष फिदिम बजारमा फुल व्यवसायि र फुल खरिद गर्नेको चहलपहल हुदा फुल व्यवसायी दङ छन् ।
नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ ।
स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । यस्तो अबस्थामा पूर्वी पहाडी जिल्ला धनकुटाले भने फूलमा आत्मनिर्भर त भएकै नै छ वर्षेनि लाखौं मूल्य बराबरको फूल निर्यात समेत गर्ने गरेको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार धनकुटामा करिब दुई सय पचास परिवारले चार हेक्टर क्षेत्रफलमा व्यवसायिक फूल खेती गर्ने गरेका छन् । एक परिवारले वार्षिक २० हजारदेखि दुई लाख रुपैयाँसम्मको फूल विक्री गर्ने गरेका छन् ।
यहाँ उत्पादन भएको फूल झापा, मोरङ सुनसरीका विभिन्न बजारसम्म पुग्ने गरेको छ ।
गतबर्ष भन्दा यो बर्ष फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण र बेमौसमी बर्षाका कारणले फूल उत्पादनमा कमी आएको हो ।
पाँचथर जिल्लामा पनि अघिल्लो बर्ष गाउँघर तिर प्रसस्त फुल फुलेको देखिए पनि यस बर्ष खासै फुल नफुलेको स्थानिय बताउछन् ।
त्यसो त फूल खेतीमा समस्या पनि धेरै छन् । प्राविधिक ज्ञानको कमी, उन्नत जातको विजन अभाव, विभिन्न रोग र किराको प्रकोपसँगै कहिले समय अगावै त कहिले समय सकिएपछि फूल फुल्दा कृषक समस्यामा पर्ने गरेका छन् ।
त्यस्तै भारतबाट वर्षेनि लाखौं रुपैयाँको फूल आयात हुँदा नेपाली फूल किसानलाई बजार पाउन निक्कै समस्या छ ।