पाँचथर । पाखो बारिमा उम्रीएको बाँस हरियाली हेर्न,दाउरा बाल्न,विभिन्न संस्कार संस्कृतिको लागि प्रयोग गर्नको लागि मात्र होइन । अब बाँसले छुट्टै परिचय पाएको छ । बाँसलाई छुट्टै परिचय दिन झापा बुद्ध शान्ती गाउँपालिकाका युवाले बाँसलाइ बाह्य प्रयोग गर्नको लागि मात्र होइन भान्सा देखि लिभिङरुम सम्म पुर्याउन मेहनत गरिरहेका छन् । चिया खाने कप देखि थर्मस,फुलदानी सम्म बनाउने सकिने बाँस बहुउपयोगी छ ।
यहाँको दृश्य हेर्दा लाग्छ कि बाँसको प्रयोग हामिले कतिनै गरेका रहेछौ र बाँसको प्रयोगबाट के गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् । झापाको बुद्ध शान्ती गाउँपालिकाका यी युवा । बिगत दुई बर्षको अनुसन्धान पश्चात १ बर्ष अधि देखि झापा बुद्ध शान्ति बाँस उद्योग संचालनमा आएको हो । बाँसका हरेक चिज जरा देखि टुप्पा सम्म प्रयोग गर्न मिल्छ । बाँसका अन्य सामाग्री बनेपनी व्यत्तिगत प्रयोजनका लागि सामाग्री बनिएको भए पनि व्यवसाहिक रुपमा नेपालमै आफुहरुले संचालनमा ल्याएको बताउछन् । तीन युवाहरु गोकुल पौडेल ,मनोज प्रसाइ र रोशन भट्टराईको करिब १० लाखको लगानिमा संचालन गरिएको यो व्यवसाही प्रती उनिहरु खुशी छन् ।
बाँसको प्रयोग अहिले बढ्दो छ । भारत को आसाम,सिक्किम,भेत्नाम,थाइल्यान्ड जस्ता देशमा अत्याधिक रुपमा प्रयोग गरिन्छ । नेपालमा पनि सोफा ,दराज,पलङ ,लुगा झुन्ड्याउने हेङ्गर प्रयोगमा आएता पनि नेपाली भान्सामा यस्को प्रयोग गरेको पाइदैन । तर बुद्ध शान्ती गाउपालिकाका युवाले यस्लाइ भान्सा कोठा देखि होटलका टेवल सम्म पुर्याएका छन् ।
चिया खाने कपको माग अन्य सामाग्री भन्दा बढ्दो छ । दैनिक जसो ६ देखि ७ जनाले बिहान १० बजे देखि साझ ५ बजे सम्म काम गर्दा ८ देखि १० वटा सम्म कप बनाउने गरेका छन् । बजारमा यस्को मुल्य ३ सय देखि ४ सय रुपैयाँ सम्म पर्छ । बाँसका सामाग्री बनाउन सहज चै छैन । सामाग्री बनाउनको लागि बाँसलाइ ल्याएर पहिला भट्टी लगाएर पकाएपछी अनि मात्र प्रयोग गर्न मिल्ने हुन्छ । बाँसको सामाग्रीको माग अत्याधिक छ चिन र भारत सम्म यस्को माग भएपनी अहिले तत्काल पु¥याउन सकिरहेको छैन ।
प्लास्टिकको प्रयोगले मानवीय स्वास्थ्यमा प्रतिकुल असर हुने विभिन्न अध्यन हरुले देखाएको छ । प्लास्टिकका सामाग्रीको प्रयोग कम गर्दै बाँसका सामाग्रीको उत्पादन गर्दै घरेलु उद्य ोगको प्रवर्द्धन रोजगारी शृजना तथा बाताबरण अनुकुल सामाग्रीको प्रयोगलाइ बढाउदै लैजानु आवश्यक देखिन्छ ।