पाँचथर । जेटबाट उत्रिएकि कबिता निकै खुशी थिइन । उनी पहिलो चोटि पानी जहाज चढेकी हुन् । उनी पानी जहाज चढ्नकै लागि भनेर मोरङको सलकपुरबाट आएकी हुन् । घुम्न आउने पर्यटकलाइ मात्र होइन सामान ढुवानी गर्न र भोजपुर सम्मको यात्रा गर्नेलाई पनि अहिले धेरै सहज भएको छ । पुर्वको चोक इटहरीबाट भोजपुर सदरमुकाम पुग्न सडकमार्गबाट ९ घण्टा लाग्छ तर अहिले सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुन थाले पछी यात्रा सहज भएको छ । चतरा घुम्न आउने, जेट बोट चाढेर दङ्ग छन् ।
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याइको छ ।
भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् ।भोजपुर जाने यात्रुहरु १ सय देखि २ सय जना सम्म दैनिक रुपमा हुनेगरेको बोट चालक बताउछन् ।
नजिकै रहेको धार्मिक स्थल बराहक्षेत्र धाम दर्शन गर्ने दर्शनार्थी देखि छुट्टिको बेला घुम्न, पिकनिक आउने पर्यटकपनि पानी जहाजमा घुम्न सक्छन । पर्यटकको लागि १० सिटे ओपियम बोटमा करिब १० मिनेटको जलयात्राको मज्जा लिन सकिन्छ । पानिको छालमा पर्यटक निकै रमाउने गरेको बोट चालक बताउछन् । पर्यटकको लागि धुम्न १० सिटे ओपियम बोट र भोजपुर सम्मको यात्राको लागि जेट बोट संचालनमा छ । जेट बोट चढ्ने यात्रीको सिजनमा खचाखच हुने गरेको बताउछन् ।बोट चढ्ने यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताउछन ।१० सिटे जेट बोट राम्रोसँग चल्न कम्तीमा तीन फिट गहिरो पानी फराकिलो क्षेत्र हुनुपर्छ’।
अनौपचारिक रूपमा परीक्षण यात्रा गराएको बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले सरकारले अरुण तथा तमोर नदीको पानीको क्षेत्र समथल बनाउन सहयोज गरे अन्य क्षेत्रमा पनि जल यातायात लान सकिने बताउछन। सानो ओपियम बोट खरिद गर्न पनि ३० देखि ३५ लाख लाग्ने गरेको छ भने ठूलो बोटको एक देखि डेढ करोड पर्छ । सरकारलाइ कर पनि तिर्छौ तर लगानी गरे अनुसार सरकारी तवरबाट सहयोग नहुदा व्यवसाही दुखी पनि छन् ।
इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ ।
सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर दुई घण्टामा यात्रा हुने गरेकोले नियमित यात्रा गर्नेहरुलाई सहज भए पनि बर्खायाममा बोट नचल्दा हैरानी पनि हुने गरेको छ ।
पानी जहाजमा चढ्न भनेर आएका पर्यटक घुमेर आएपछि भिन्नै रमाइलो महसुस गरेको बताउछन् ।
केही वर्ष अगाडिसम्म सुनसान रहने चतराघाट आजकाल पर्यटकले व्यस्त हुने गरेको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कोशीपुल घुम्न आउने, पिकनिक मनाउनेहरुको भिड हुने गरेको छ ।
आन्तरिक र वाह्य दुवै पर्यटको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हब’ का रुपमा विकास भइरहेको छ । कोशीमा जहाज चल्नु यस क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने छ । जहाज चलेपछि वराह भगवानको दर्शन गर्न आउने तीर्थालुलाई थप सजिलो भएको छ । प्रदेश नम्बर १को पर्यटन व्यावसायमात्रा होइन पानी जहाजलाई राष्ट्रिय गौरवको रुपमा अगाडि बढाउन तिनै तह सरकारले बिशेष ध्यान पुर्याउन आवश्यक देखिन्छ ।