इलाम । नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६ सय ९४ मत प्राप्त गरे । बस्नेत इलाम नगरपालिकाका मेयरसमेत हुन् ।उनका प्रतिद्वन्द्वी देवी क्षेत्री दुलाले ६४ मत मात्र ल्याए । उपाध्यक्षमा उदयबहादुर राई ६ सय ४ ल्याउँदै विजयी भए । प्रतिद्वन्द्वी याम अधिकारीले १ सय ३७ मत प्राप्त गरे ।
सचिवमा प्रकाश अधिकारीलाई पराजित गर्दै उमेश गुरुङले विजयी भए । गुरुङले ५ सय २७ मत ल्याउँदा अधिकारीले २ सय २२ मत ल्याए ।
सहसचिवमा रवीन्द्र सुवेदी ४ सय ४४ र विष्णुमाया आचार्य २ सय ७२ मतका साथ विजयी भए । सहसचिवका अन्य प्रत्याशी छवि श्रेष्ठले २ सय ५३, रमेश राईले १ सय ९७ र सन्तराम योङहाङले १२७ मत ल्याए ।