रबि । पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामाको बिजेता रबिको राइजिङ स्टार बनेको छ । ५ खेलमा ५ खेलनै जितेको राइजिङस्टारले लिगमा १५ अंक जोड्न सफल भयो । अन्तीम खेल भने नकाउट भएकाले अंक तालीमा समाबेश छैन् । लिगमा सबै खेलमा सत प्रतिशत नतिजा निकाल्ने एक मात्र टोली राइजिङ स्टार बन्यो ।
११ वटा क्लब सहभागी भएको खेलमा बिजेता बन्नको लागी आज रबिको राइजिङ स्टार क्लब र इम्बुङको टु स्टार क्लब भिडका थिए । फाइनल खेलमा निर्धारीत ९० मिनेटको खेलमा २ गोलको बरारी भए पछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउदै राइजिङ स्टार लिगको बिजेता बनेको हो । लिग बिजेता भएको राइजिङ स्टारले प्रदेश स्तरीय प्रतियोगितामा पाँचथरबाट सहभागीता जनाउने छ ।
११ वटा क्लबको सहभागीता रहेको प्रतियोगितामा सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरी खेलाइएको थियो । समुह “क” को बिजेता टुस्टार र समुह “ख” को समुह बिजेता राइजिङ स्टार बिच लिग च्याम्पीनको लागी प्रतिस्पर्धा गराइएको थियो । ।
समुह “क” को बिजेता टुस्टार ७ अंक जोड्दै समुह बिजेता बनेर फाइनल प्रबेश गरेको थियो । समुह “ख” को समुह बिजेता राइजिङ स्टारले पाँचवटै खेलमा सत प्रतिशत नजिजा निकाल्दै १५ अंकका साथ समुह बिजेता बनेको थियो ।