पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार राप्रपाका ४ जना नेताहरुलाई पार्टीको प्रवक्ता तोकेका छन् । जसमा पाँचथरका सगुनसुन्दर लावती सहित झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ र मोरङका गोपाल दाहाल छन् ।
प्रवक्तामा मनोनित भएका लावती पाँचथरका पुराना नेता स्व.पदमसुन्दर लावतीका छोरा समेत हुन् ।
यसै गरी लिङदेनल दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् । पार्टीमा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन् । यस्तै महामन्त्रीमा ओखलढुगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरिएको छ ।