कञ्चनपुर । कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ। लालझाडी गाउपालिका २ कञ्जका २५ वर्षीय रामविलास रानालाई प्रहरीले पक्राउ गरेको हो।गएको आइतबार उनले अंशबण्डासम्बन्धी विवादमा ४५ वर्षीय बुवा फगु रानालाई बञ्चरो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।
हत्यापछि फरार भएका रानालाई घटना भएकै राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।अंशसम्बन्धी छलफल भएकै ठाउँमा उनले बुवामाथि बञ्चरो प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन्।