गिरिराज बाँस्कोटा,
पाँचथर । लोहाकिल डाँडामा बाक्लो उपस्थीति थियो । हिउँ परेको बन क्षेत्र र डाँडाहरु छिचोलेर पुगेकाहरुको ध्यान सुर्योदयको दृष्यमा थियो । यो स्थानबाट सुर्योदयको अनुपम दृष्य देखिने सुनेकाहरु स्थानीयबासिलाई लिएर त्यहाँ पुगेका थिए । पर्यटकिय गन्तव्य बनाउने हिसाबले पदमार्ग सहितका केहि साना पूर्वाधारका काम भएका थिए । चिसोको प्रभाह नगरी बसेका आन्तरीक पर्यटकले विहान ६ः३० बजे सुर्योदयको देख्न पाए । योसँग हिमाल, डाँडाहरु खुल्न थाले । सुर्योदयको साच्चै आर्कषक दृष्य देखेको भन्दै उनीहरु खुसिदेखिन्थे । खुसिमात्र भएनन लोहाकिल, सुकेपोखरी, नाकढुंगा, पाटेनागी, महादेवस्थान तथा इलामको कुहिभिर क्षेत्रलाई जोडेर एकिकृत पर्यटनको विकास गर्नु पर्ने आवश्यकता समेत औल्याए ।
यो क्षेत्रको पर्यटन विकासका लागि चर्चा चलेको धेरै भएपनि ठोस काम हुन सकेको छैन । मेची राजमार्गको नजिक पर्ने यि ठाँउहरुको एकिकृत रुपमा पर्यटन विकास गर्न सके आन्तरीक र वाह्य पर्यटक पर्याप्त आउने सम्भावना भएपनि पर्याप्त पर्यटन विकासको काम हुन सकेको छैन । नयाँ बर्ष, चाडपर्वको अवसर तथा बनभोजका लागि आन्तरीक पर्यटहरु यो क्षेत्रमापुग्ने गरेपनि पर्याप्त पूर्वाधार सहितको विकास र प्रचार हुन सकेको छैन ।
हिउँदको सिजनमा यो क्षेत्रमा हिँउपर्दा खेल्नेको भिड लाग्छ । गुराँसको सिजनमा विभिन्न प्रजातीका गुरासको ठुलो बनक्षेत्र छ । कञ्चजंगा, कुम्भकर्ण, सगरमाथा, मकालु लगायतका हिमश्रृखला देखिन्छ । लोहाकिल सुर्योदयको महत्पूर्ण ठाँउ हो । नागढुंगा र महादेव गुफा धार्मिक रुपमा महत्पूर्ण स्थान हुन । कुहिभिर, सुकेपोखरी जस्ता आर्कषक ठाँउ रहेका छन् । दुई दिनसम्म लेकाली आनन्द लिदै रमाउनसकिने भएकाले यो क्षेत्रको विकासमा गर्नु पर्ने स्थानीयको माग रहेको छ ।
मेची राजमार्गदेखि नजिक भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ । सुकेपोखरीसम्म सडक स्तरउन्नती, सकेतबोर्ड, होमस्टेको विकास, भ्यू पोईन्ट, शौचालय जस्ता निर्माणका काम आवश्यक छ । स्काईब्रेटर नकुदेका पहाडका डाँडाहरु निक्कै आर्कषक र लोभलाग्दा छन् । भ्रमण बर्ष चलिरहदा यस तर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।