पाँचथर– किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे ।
च्याब्रुङ, लिम्बु जातीको सस्कृति तथा पोशाक सहित ¥यालीले फिदिम बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सोमबार सकिदै छ ।
लिम्बुहरु साझा संस्था चुम्लुङको अधिवेशनमा नीति, कार्यक्रम तथा आगामि योजनाका बारे छलफल हुने बताईएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले प्रदेशको नाम खोलानालाको नभई पहिचानमा आधारीत हुने बताए । प्रदेश सरकारकाले नामाकरण लागि पहल थालेको उनको भनाई थियो । विभिन्न भाषा, सस्कृतिको प्रवद्र्धनमा प्रदेश सरकारले काम गरीरहेको बताएका थिए ।
परम्परामा आधारीत भेषभुषा सजिएर आएकाहरु उलेख्य संख्यामा थिए । महाधिवेशन चुम्लुङ विभिन्न जिल्ला शाखा तथा विदेशबाट समेत प्रतिनिधि सहभागि छन् । सोहि अवसरमा कियाचु युवराज पत्रकारिता पुरस्कार सेसेमी से–नाल्बोलाई प्रदान गरीएको छ । उद्घाटन समारोहमा विभिन्न कोषमा सहयोग गर्ने दातालाई सम्मान गरीएको थियो ।
पाँच वटा पुस्तक विमोचन समेत गरीएको थियो । शनिवारदेखिनै बन्दसत्र सुरु हुने जानकारी दिइएको छ ।