राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तिर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तिर’लाई सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तिर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तिर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तिर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’
राप्रपा नेपालको केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको बैठकले पार्टीको चुनाव चिन्ह ‘तिर’ तय गरेको हो । बैठकले संगठन निर्माण र स्थानीय चुनावलाई उच्च प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।