पाँचथर– विहानैदेखि पाँचथर सदरमुकाम फिदिममा होलीको माहोल तातेको थियो । कोभीडका कारण पछिल्ला दुई बर्ष खुलेर मनोरञ्जन गर्न नपाएकाहरु यसपल्टको होलीमा रौसिएका देखिन्थे ।
केन्जाेखबरकर्मी लिला बाेहाेराले खिचेका तस्बीरहरु
दिउँसो रंगीएका अनुहारको भिड चोक बजारमा देखिन्थ्यो । रंगसँगै आपसि आत्मियता साटेको देखिन्थ्यो । पहाडको सदरमुकाम फिदिममामात्र नभई ग्रामिण बजारमा समेत चहलपलह थियो ।
विहानैदेखि केटाकेटी सडकमा निस्किएका थिए । तन्नेरीहरु दिउँसो सडकमा ओर्लीए । कतै गीत बजार नाचेको देखिन्थ्यो त कतै होली कार्यक्रमनै थियो । सडकमा रमाउदै होली खेल्नेहरु भेटिन्थे । जवरजस्ती भने कमैमात्र देखिन्थ्यो ।
लामो सयम पछि खुलेर रमाईलो गर्ने अवसर समेत जुटेको थियो । यो अवसरलाई सक्दो उपभोग भएको थियो । युवाहरु मात्र नभई उमेर ढल्किदै गरेकाहरु पनि होलीमा रमाएका थिए । आपसी सद्भावको भावना गास्न होलीले सहयोग गर्ने अपेक्षा गरीएका छ ।
मान्छेहरु स्वतन्त्रता, खुल्ला माहोल खोज्छन् भन्ने उदाहरण होलीमा पूर्वी पहाडी जिल्लामा देखिएको छ ।