पाँचथर– पाँचथर सदरमुकाम फिदिमको जिल्ला समन्वय समितिको अगाडीको खुल्ला मञ्च उल्लेख्य दर्शकले भरिएको थियो । अस्मीता अधिकारी मञ्चमा पुग्दा चर्को आवाज गुञ्जमायन भयो ।
अस्मीता पनि के कम माहोल तताउन थालिहालिन । लामो समय पछि फिदिममा भएको कन्सर्टमा उलेख्य दर्शक थिए । ति माथि अहिले रोजाईमा रहेकी अस्मीतासँग रमाउन पाउदा दर्शक खुसिनै थिए ।
अस्मीताले दर्शकहरुलाई सम्बोधन गर्दै गीत नै गाँउन लगाईन । अस्मीताको प्रस्तुतीका साथमा फिदिम रौसिएको देखिन्थ्यो ।
‘तिम्रो मायाले बाधेर राख’ बाट गीत गाँउन सुरु गरेकी थिईन । ‘को होला त्यो मसँग आँखा जुधाउने’, ‘नेपालगन्ज सहर’, ‘लजावती झार जस्तै लजाउछौँ’ जस्ता गीत गाँउदा दर्शकले नाचेर धुलो उडाएका थिए । दर्शकहरु मञ्च छेउसम्म आएर तम्सिरहेका देखिन्थे । दर्शकका नजिक नजिक पुगेर अस्मीताले गीत गाँउदा माहोल हेर्न लायक देखिन्थ्यो । नाँच्दै गीत गाँउने अस्मीताको तरीकामा दर्शक रमाए ।
‘तिम्रो घरको वरीपरी’, ‘कहिले गोरी मन पर्यो’ जस्ता गीत गाईन । ‘रमरम मरौटी’ अन्तिम गीत गाईन । तर दर्शकहरुले वान्समोर भन्न छाडेका थिएनन् ।
उक्त कार्यक्रम अन्तराष्ट्रिय हरियाली मञ्च, पाँचथरले आयोजना गरेको थियो । कार्यक्रममा विरेन्द्र श्रेष्ठ, पदम राईले प्रस्तुती राखेका थिए । स्थानीय कालकारहरुले पनि प्रस्तुती दिएका थिए ।
फाेटाे : लिला बाेहाेरा