पाँचथर । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरको अध्यक्षमा माक्सेम प्रसाद नेम्बाङ चयन भएका छन् । शुक्रबार सदरमुकाम फिदिममा सम्पन्न भएको १३औँ जिल्ला अधिवेशनबाट नेम्बाङको अध्यक्षतामा २७ सदस्य समिति चयन भएको हो ।
संगठनको उपाध्यक्षतामा जयनारायण न्यौपाने, ज्ञानमाया राई, सचिवमा खगेन्द्र सुवेदी, सहसचिवमा लालता नेपाल र कोषाध्यक्षमा मनोज राई चयन भएका छन् ।