सरला रेग्मी,
पाँचथर । नेपालका १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको अवसर पारेर २०७५ साल कात्तिक २५ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिमको शिरमा अहिले सम्मकै ठुलो १२.८ फिटको महागुरुको शालिक स्थापना गरिएको छ । उक्त शालिकमा दिनहूँ पुजा पाठ हुँदै आइरहेको छ ।
को हुन् महागुरु फाल्गुनन्द ?
विक्रम सम्बत १९८८ सालमा नेपालको समाजीक अवस्था कस्तो थियो होला ? विभिन्न अन्धविश्वास तथा असमानताको अहिले अवस्था देख्दा त्यतीखेर समाजको विश्लेषणगर्न सकिन्छ । तर महागुरु फाल्गुनन्दले विस १९८८ साल बैशाख २४ गते तत्कालिन १० लिम्बुवान १७ थुमका किरातहलाइ पाँचथरको लोब्रेकुटीमा बोलाई वृहत चुम्लुङ गरी तत्कालीन समाजका विकृतीहरुलाई सत्य धर्म मुजुल्का गराई समाजसुधारमा महत्पूर्ण योगदान पु¥याएको मानिन्छ । यहि मुजुल्कामा छोराछोरीलाई भेदभाव गर्नु नहुने उल्लेख छ । विसं १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका–२ चुक्चीनाम्बामा जन्मिएका फाल्गुनन्दको समाजसुधारकको रुपमा परिचय स्थापित भएको छ ।
फक्तालुङ (कुम्भकमर्ण हिमश्रृखंला) लाई किरात धर्माललम्बीहरुको तिर्थभुमि र मुक्तिभुमिको रुपमा पहिचान गराएको, छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण, किरात लिपिको प्रचार प्रसार, मन्दिरहरुको स्थापना, पहिरो रोक्ने, पानी उमार्ने जस्ता चमत्कारी काम गरेको जस्ता विश्वास गरीएको पाईन्छ ।
नेपाल सरकारले २०६६ साल मंसीर १६ गते नेपालको सोह्रौ राष्ट्रिय विभुतिको रुपमा घोषणा गरेको थियो । २०५० सालमा उनको तश्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको पाईन्छ । फाल्गुनन्दको आजीवन ब्रह्मचारी, युमा/नागरीको भेषभुषा र गहनामा सज्जित,कम बोल्ने, मसिनो स्वर भएको, शाहारी भोजन गर्ने, सादा जिवनको धनीको रुपमा फाल्गुनन्दको नीजि परिचय रहेको छ ।