सरला रेग्मी,
पाँचथर । सरकारले स्थानिय निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेसँगै सबै दलमा निर्वाचनको छलफल देखि स्थानिय सरकारमा कसलाई दिने प्रमुख र उपप्रमुख भन्ने चहलपहल सुरुभएको देखिन्छ् । संघीयता पछिको स्थानिय तहको निर्वाचनमा अधिकाश स्थानिय सरकारमा उपप्रमुख महिला छन् ।
नेपालको संविधान तथा स्थानीय तह कार्य सञ्चालन ऐनले प्रमुख या उपप्रमुख मध्ये एक महिला हुनै पर्ने तोकेको भए पनि उपाध्यक्ष या उपप्रमुख पद महिलाकै लागि बनेर आएको जस्तो देखिन्छ । संविधानमा यो उल्लेख छ कि उपाध्यक्ष या उपप्रमुखले न्यायिक समितिको संयोजक रहने व्यबस्था गरेको छ । स्थानिय तहमा उपको भुमिका न्यायिक समिती हेर्ने मात्र नभएर बजेट बिनियोजन देखि प्रमुखको अनुपस्थिमा कार्यबाहकको भुमिका समेत निभाएका छन् ।
स्थानिय निर्वाचन नजिकिदै गर्दा उत्तरिभेगमा पर्ने फालेलुङ गाँउपालिका ८ ओटा वडा मिलेर बनेको छ । फालेलुङ गाँउपालिकाकी उपाध्यक्ष हेमा कुमारी अधिकारीसँग निर्वाचनको पेरीफेरीमा रहेर केन्जो खबर डटकमले गरेको कुराकानि ः–
उपाध्यक्ष भएपछि फालेलुङ गाँउपालिकामा के के काम गर्नुभयो ?
फालेलुङ गाँउपालिकाको उपाध्यक्ष भएपछि थुपै्र काम भएका छन् । सबै भन्न गाह्रो छ, कार्यपाकिा टिम मिलेर, अपाङ्गहरुको लागी भत्ता, विपतलाई बिभिन्न वर्गिकरणमा छुट्याएर सहयोग गयौं । आकस्मिक रोग जस्तो मृगौलाको उपचार, क्यान्सर जस्ता रोगको उपचारकालागी अवस्था हेरेर १० हजार देखी १५ हजार सम्म सहयोग गयौं । प्रत्येक पालिकाका वडाको भवन बनायौं । बिद्यालयमा खानेपानिको ब्यबस्था, अंग्रेजिमा पठनपाठन सुरु गरियो । बिपन्न परिवारलाई जस्ता बितरण देखि स्थानिय स्तरका मातृभाषा पढाउन सुचारु गर्ने काम हुदैछ । मेलकिलाप केन्द्र स्थापना साथै इजालसको अफिस ब्यबस्थापन गर्ने काम भयो ।
पार्टि र अध्यक्षको सहयोग कस्तो पाउनुभयो ?
पार्टिमा सबैको सहयोग छैन्, अध्यक्षको पनि खासै सहयोग रहेन भन्नुपर्छ । भरसक पालिकामा भएको कार्यक्रमको जानकारी हुदैन । कार्यक्रम बारे आफ्ै थाहापाए भने जान्छु । तर अध्यक्षले जानकारी गराउँनु हुन्न । म महिला भएकै कारण सहयोग नभएको भन्ने बुझेको छु ।
यो अवधिमा के के काम गर्न सकिन्छ जस्तो लाग्छ ?
५ बर्षको अवधिमा थुप्रै काम गर्न सकिने रहेछ । तर कर्मचारी र अध्यक्षको ब्यावहार सकारात्मक हँुदा थुप्रै काम गर्न सकिन्छ ।
सहकार्य जरुरी छ ।
यो अवधिमा समस्याहरु के के रहयो ?
समस्या धेरै छन्, कर्मचारी त्यसमा अधिकृतले महिला उपाध्यक्षलाई हेर्ने दृश्टिकोण भुसुना जत्तिको पनि छैन् ।बोलचाल बिना नै कार्य सम्पादन भैरहेको छ । जनप्रतिनिधि त्यो पनि महिलालाई गर्ने ब्यावहारले समस्या धेरै भएका छन् ।
यो अवधिमा कर्मचारीहरुको सहयोग कस्तो पाउनु भयो ?
कर्मचारीको सहयोग पटक्कै छैन् । अध्यक्ष र उपाध्यक्ष प्रति हेर्ने दृश्टिकोण नै फरक छ, जसकारण सहयोग छैन् ।
स्थानिय निर्वाचन नजिकिदै छ, तपाँईको तयारी के छ ?
यहि पद नदोहो¥याउने, प्रमुखमा जाने चाहाना छ, तर पार्टिले निर्णय के गर्छ त्यसमा भरपर्छ । उपाध्यक्षले प्रमुखको पद सम्हाल्न सक्छन् अझ भनौं महिलालाई प्रमुख दिने हो भने उपाध्यक्षमा बस्दा जुन दवाब छ त्यो कम हुने थियो ।