पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा एक हजार तिन सय ५ मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार सो मत खसेको हो ।
पाँचथरका ब्यपारीहरुको छाता संगठन पाँचथर उद्योग वाणिज्य संघको १२ औँ कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । मतदान बेलुका ६ बजे सम्म चलेको थियो । कुल १५३० मतदाता रहे पनि १३०५ मत मात्र खस्यो । २२५ जना मतदाता मतदानमा सहभागी भएन्न ।
पाँचथर उद्योग वाणिज्य संघको चुनावी मैदानमा अलग-अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका थिए । बर्तमान सरकार गठबनधको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरीएको छ । जसमा, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एकिकृत नेकपा समाजबादी निकट ब्यवसायिहरुको प्यानल निर्माण भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एकालेको तर्फबाट निबर्तमान महासचिब नबराज घिमिरेको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ । जसमा , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ब्यवसयिहरुको प्यानल निर्माण भएको छ ।
नरेन्द्र अधिकारीको प्यानलमा उपाध्यक्षमा बसन्त रिजाल, सागर ओझा, कुमारी मिश्र, गर्ज नेम्बाङ रहेका छन् । महासचिबमा उमानाथ अधिकारी (उमेश),सचिबमा विकास थापा, कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगीलाई अगाडी सारिएको छ । सदस्यहरुमा योगराज सेढाई, याम चापाँगाई, राजेन्द्र वि.क,श्री प्रसाद आङवो,रेखा लावती,टेकबहादुर सिवा,मौसम लावती, सन्तोष तुम्बापो र चन्द्र प्रसाद तामाङ रहेका छन् ।
यता, नवराज घिमिरे प्यानलमा उपाध्यक्षमा तिलबिक्रम नेम्बाङ,चन्द्रप्रकाश काफ्ले,निलम गिरि,सोमकुमार थापा रहेका छन् । महासचिबमा सुर्यकुमार राना मगर, सचिबमा सजिब जोशि,कोषाध्यक्षमा प्रतिमा पौडेल राना रहेका छन् । सदस्यहरुमा लक्की सुजी,पुणर्कुमार सुब्बा,आईतराज बेधा,टासी शेर्पा,राजेन्द्र थापा मगर,बिरेन्द्र कुमार श्रेष्ठ, गणेश काफ्ले,रमेश खत्रि अधिकारी,माया वाइवा राई,लिलाबल्ब खरेल,शिब अधिकारी र सागर खनाल रहेका छन् ।
जिल्लामा पाँचथर उद्योग वाणिज्य संघ चुनाब लाई सरकारी गठबन्ध दल र प्रमुख प्रतिपक्षी दलको प्रतिष्ठाको रुपमा पनि लिइएको छ ।
मतगणना आजै साँझ ९ बजे देखि हुने निर्वाचन समितिले जनाएको छ ।