केन्जो खबर ,
पाँचथर । स्थानीय तहको निर्वाचन आउन अब ३५ दिनमात्र बाँकी छ । सत्तागठबन्धनमा रहेका दलहरु केन्द्रमा गठबन्धनको खाका तयार पार्दै गरेका समाचारहरु आइरहेका छन् । कति स्थानीय तहमा दलहरुले गठबन्धन गरेर जाने सहमती समेत गरिसकेका छन् । कति स्थानिय तहमा गठबन्ध बिरुद्ध बिद्रोह समेत सुरु भइसकेको अवस्था छ । तर, पाँचथरमा गठबन्धन हुने नहुने यो विषयमा केहि जानकारी बाहीर आएको छैन् यस्तो अवस्थामा केन्जोखबरले पाँचथरका सत्तागठबन्धनवादी दलका युवा नेताहरु संग गठबन्धनको बारेमा उनिहरुको घारणा बुझ्ने प्रयास गरेका छौं ।
हेरौं युवा नेताहरुको बिचार जस्ताको तस्तै ः
सरकार तालमेल गरेर चलाए पनि भयो तर, चुनाव एक्लै लड्नु पर्छ । चुवान पार्टी र नेताको लोकप्रीयता जाच्ने एउटा अवसर पनि हो । त्यसले चुनाव एक्लै लड्नु पर्छ भन्ने मेरो मान्यता छ । चुनावमा बिचार र सिद्धान्त नमिलेको दलहरु बिच भएको गठबन्धन सफल हुन्छ भन्ने मलाई लाग्दैन । गठबन्धनको नाममा पार्टीमा योगदान गरेको मान्छेहरु अवसरबाट बन्चीत पनि बन्न पर्नै अवस्था आउन सक्छ ।
सुमन लामा
अध्यक्ष तरुण दल पाँचथर
नेकपा माओबादी केन्द्रले कांग्रेसले नमाने पनि अरु सानादल संग गठबन्धन गर्छ । अहिले माओबादी केन्द्रको केन्द्रको निर्देशन अनुसार सक्तागठबन्धनमा रहेका दलहरु सँगनै गठबन्धन गर्ने हो । तर, गठबन्धन सम्मानजनक हुनु पर्छ, पाँचथरमा सम्मानजनक गठबन्धन भएन भने माओबादी केन्द्र एक्लै चुनाव लड्छ । पाँचथरमा कांग्रेस गठबन्धनको लागी तयार भएन भने पनि अन्य सानादलहरुसँग माओबादीले केन्द्रले गठबन्धन गर्ने सम्भावना छ ।
असोक राई
पाँचथर जिल्ला समन्वय समिति
सदस्य नेकपा माओबादी केन्द
देशको लागी गठबन्धन आवश्यक छ । अहिले कुनै पार्टी विशेषको लागी भन्दा पनि देशको लागी गठबन्धन आवश्यक छ । हिजो यिनै गठबन्धनबादी दलहरु मिलेर प्रतिगामीहरुलाई पराजित गरेको हो । त्यसैले अहिले समयको माग भनेकोनै गठबन्धन गरेर देशलाई निकास दिनु हो । त्यसैले सबै दलहरु गठबन्धनका एकमत भइ अगाडी बढ्नु पर्छ ।
सिमा तुम्बापो
जिल्ला सदस्य
नेकपा एकिकृत समाजवादी
पाँचथर
प्रतिगामी शक्तीलाई परास्त गर्न गठबन्धन आवश्यक छ। प्रतिगामी शक्तीहरु अझै पनि परास्त भइनसकेको र देशलाई अझै अग्रगमन तर्फ लानको लागी अग्रगामी शक्तीहरु बिच गठबन्धन हुन जरुरी छ । यो चुनाव प्रतिगामी शक्ती भर्सेज अग्रगामी शक्तीहरु बिच हुने भएकाले अग्रगामी शक्तीहरु गठबन्धन गरी शक्तीशाली हुन जरुरी छ ।
युन्छोहाङ आङदेम्बे
कोषाध्यक्ष
समाजवादी विद्यार्थी युनियन